TU Registration फारम भरेका विद्यार्थीहरूकाे विवरण प्रकाशन गरिएकाे बारे ।

TU Registration फारम भरेका विद्यार्थीहरूकाे विवरण प्रकाशन गरिएकाे बारे ।

2026-02-15
Ramshwaroop Ramsagar Multiple Campus

यस क्यामपस अन्तर्गत स्नातक तह २०८२ समुहमा भर्ना भएका विद्यार्थीहरूले समयमा रजिष्ट्रेशन नं. फारम भरी शाखामा बुझाएका तथा आफै अनलाइन गरी शाखामा बुझाइएका विद्यार्थीहरूकाे नामावली प्रकाशन गरिएकाे छ । नामावलीमा नाम संलग्न भएका विद्यार्थीहरूकाे रजिष्ट्रेशन फारम मात्र रजिष्ट्रेशन नं. कायम गर्ने प्रयाेजनका लागि प.नि.का. बल्खुमा पठाइने र रजिष्ट्रेशन कायम भएका विद्यार्थीहरूलाइ मात्र परीक्षामा सहभागी गराइने भएकाले २०८२ समुहमा नामांकन गराएका तर कुनै कारणवस हाल सम्म रजिष्ट्रेशन फारम नभरेका तथा रजिष्ट्रेशन फारम भरे तापनी विवरणमा नाम नभएका विद्यार्थीहरूलाइ दाेब्बर दस्तुर कायम रहने अवधि भित्र आ-आफ्नो  रजिष्ट्रेशन फारम भरी बुझाउन हुन सूचित गरिन्छ । 

साथै स्नातक तह २०८२ समुहमा नामांकन गराएका विद्यार्थीहरूलाइ  आ-आफ्नो  सक्कल माइग्रेसन आफु संग भए वा नभएकाे यकिन गर्न समेत जानकारी गराइन्छ । सक्कल माइग्रेसन (Original Migration) नबुझाएका विद्यार्थीहरूकाे समेत रजिष्ट्रेशन फारम फिर्ता आउन सक्ने भएकाेले त्यस्ता विद्यार्थी समेतलाइ दाेब्बर दस्तुर कायम रहने अवधि भित्र सक्कल माइग्रेसन बुझाउन हुन जानकारी गराइन्छ । 

दाेब्बर दस्तुरमा  रजिष्ट्रेशन फारम बुझाउने अन्तिम मिति ः 2082/11/08 गते सम्म । 

दाेब्बर दस्तुरमा लाग्ने शुल्क ः स्वदेशी बाेर्डकाे हकमा रू ५००, विदेशी बाेर्डकाे हकमा रू १००० 

नाेटः त्रि.वि. दर्ता नं. (TU Registration No.) कायम हुन नसकेका विद्यार्थीहरूकाे परीक्षा फारम भर्नबाट बंचित गरी परीक्षामा कुनै पनि हालतमा सहभागी नगराउने त्रि.वि. काे निर्णय रहेकाेले स्नातक तह २०८२ समुहमा भर्ना भएका तर रजिष्ट्रेशन फारम भर्न बाँकी रहेका विद्यार्थीहरूलाइ दाेब्बर दस्तुर कायम रहने अविध भित्र फारम अनलाइन गरी बुझाउन हुन पुनः जानकारी गराइन्छ । 

 

क्याम्पस प्रशासन 

रा.रा.ब. क्याम्पस, जनकपुरधाम । 



Files

S.N Name Type Download
1 BED Registration List 2082 pdf
2 BIT Registration List 2082 pdf
3 BA Registration List 2082 pdf
4 BCA Registration List 2082 pdf
5 BBS Registration List 2082 pdf
6 B.Sc.CSIT Registration List 2082 pdf
7 B.Sc. Registration List 2082 pdf