यस क्याम्पस अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ संचालनमा रहेको स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि कार्यक्रम आठौ सेमेष्टर २०७५ समुहका विद्यार्थीहरुको प्रयोगात्मक तथा ईन्टरनशिप Viva तपसिलमा उल्लेखित तालिका अनुसार संचालन हुने भएकोले विद्यार्थीहरुले अनिवार्य रुपमा आ–आफ्नो रिपोर्ट बनाई सम्बन्धित शिक्षकसंग सम्पर्क गरी रिपोर्ट चेक गराई तोकिएको मितिमा बुझाउन हुन सृचित गरिन्छ । साथै ईन्टरनशिप भाइभामा उपस्थित हुने विद्यार्थीहरुले कार्यविधिमा तोकिएको १५००/- रकमको बिल रिपोर्ट साथै बुझाउनुपर्ने छ ।
डिनकार्यालयको निर्णय अनुसार ईन्टरनशिप रिपोर्टको प्लागरिसम चेक गराउनु पर्ने समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।