यस क्याम्पस अन्तर्गत विज्ञान तथा प्राविधि अध्ययन संस्थान तर्फ रहेको तथ्यांकशास्त्र शिक्षण विभागका विभागीय अध्यक्ष श्री विनाेद कुमार साह त्रि.वि. सेवा आयोगबाट सह प्राध्यापक पदबाट मिति २०८२ फाल्गुन २९ गते प्राध्यापक (विशिष्ट श्रेणी)मा बढुवा हुनुभएकोमा क्याम्पस प्रशासनद्धारा क्याम्पस प्रमुखको कार्यकक्षमा आयोजना गरीएको शुभकामना तथा बधाई कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. वसन्त कुमार कर्ण, सहायक क्याम्पस प्रमुख श्री बिरेन्द्र कुमार यादव, श्रीमती विनिाता ठाकुर, विद्यार्थी कल्याण प्रमुख डा. रामसेवक ठाकुर, वि.वि.ए. कार्यत्रमका निर्देशक श्री राजेश कुमार साह, सह निर्देशक डा. जगन्नाथ चाैधरीज्यू लगायत BIT & B.Sc. CSIT Program का सह निर्देश श्री भरत लाल कर्ण ज्यू लगायत उपस्थित शिक्षक तथा कर्मचारीहरुले वहाँको यस सफलतामा फुलमाला, खादा तथा अबिर लगाई शुभकामना दिनुको साथै स्वागत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुखज्यूले आफु प्राध्यापक पदमा बढुवा हुदाँ क्याम्पस प्रशासनद्धारा कुनै किसिम्मको शुभकामना कार्यक्रम नगरिएको जाहिर गर्दे शिक्षक तथा कर्मचारीहरुको बढुवामा यस्ता किसिम्मको कार्यक्रम गरी वहाँहरुलाई बधाई तथा सम्मान गर्ने कार्यको शुरुवात गरेको बताउनुभयो । त्यस्तै प्राध्यापक पदमा बढुवा हुनुभएका श्री विनोद कुमार साहज्यूले शुभकामना कार्यक्रम आयोजना गरी मलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएका क्याम्पस प्रशासन तथा शिक्षक कर्मचारी साथीहरुलाई धन्यवाद दिनुभएको थियो ।
शुभकामना तथा सम्मान कार्यक्रमका केही तस्बीरहरु