त्रि.वि.का रजिष्ट्रार प्रा.डा. पेशल दाहलज्यूको सम्मान कार्यक्रम सु–सम्पन्न ।

त्रि.वि.का रजिष्ट्रार प्रा.डा. पेशल दाहलज्यूको सम्मान कार्यक्रम सु–सम्पन्न ।

2023-12-10

त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालयबाट रजिष्ट्रार प्रा.डा. पेशल दाहालज्यूको कार्यकालमा  क्याम्पसलाई  प्रशासनिक भवन निर्माणका लागि लगभग ०३ करोडको बजेट पारी क्याम्पसको भौतिक संरचना विकासमा महत्वपूर्ण भुकिा खेलेकोले क्याम्पस प्रमुख तथा क्याम्पस परिवारले प्रा.डा. दाहाल ज्यूलाई सम्मान प्रदान गर्ने कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुखले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा रजिष्ट्रार प्रा.डा. पेशल दाहाल तथा अतिथिका रुपमा परीक्षा नियंत्रण कार्यालयका प्रमुख पुश्पराज जोशी उपस्थित हुनु भएको थियो । कार्यक्रममा स्व.वि.यु.का सभापती, प्राध्यापक संघका सभापती तथा कर्मचारी संघका सभापतीले कृतज्ञता तथा धन्यवाद दिनुभएको थियो । स्व.वि.यु.का सभापतीले क्याम्पसको भौतिक लगायत शैक्षिक वातावरण समेतमा नयाँ नयाँ कार्यक्रम थप गरी क्याम्पसलाई झन माया गरीदिन हुन अनुरोध समेत गरेका थियो । त्यस्तै क्याम्पस प्रमुखले क्याम्पसको वर्तमानमा रहेको शिक्षक तथा कर्मचारीहरुको संख्याले क्याम्पस चलाउन गाह्रौ रहेकोले सोको व्यवस्थापन गर्न तथा ई लाइब्रेरी, नयाँ भवनमा फर्निचरको व्यवस्थापन लगायतका कुराहरु रजिष्ट्रार समक्ष राख्नुभएको थियो । कार्यक्रमको अन्तयमा रजिष्ट्रारले सबै जिज्ञासाको सामाधान गर्दै क्याम्पसको विकास तथा उत्थानमा अझै मेरो योगदान बढि रहने कुरा जानकारी गराउनुका साथै नयाँ भवनमा फर्निचर व्यवस्थापनका लागि प.नि.का बल्खुबाट ०५ लाख बराबरको रकम तथा ई लाइब्रेरी व्यवस्थापनका लागि २५ लाख सम्मको रकम लग्तै क्याम्पसलाई प्रदान गर्ने बाचा गर्नु भएको थियो । कार्यक्रम संचालन भएको विज्ञान भवनको पुरानो संरचना देखेर निजले सो भवनको मर्मत तथा रंगरोधनका लागि प्राविधिक खटाइ प्रपोजल पेश गर्न समेत भन्नुभएको थियो । अन्तयमा निजले यस क्याम्पसले उहाँप्रति देखाएको माया तथा सम्मान प्रति अभार प्रकट गर्नुभएको थियो ।