Highlights

स्नातकाेत्तर तहकाे सबै शाेध पत्र मूल्याङ्कन Reseach Management Cell (RMC) बाट मात्र हुने ।

स्नातकाेत्तर तहकाे सबै शाेध पत्र मूल्याङ्कन Reseach Management Cell (RMC) बाट मात्र हुने ।

2026-03-30

मिति २०८२/१२/१६ गते रा.रा.ब. क्याम्पस, जनकपुरकाे Reseach Management Cell (RMC) द्वारा आयोजना गरीएको शोध पत्र निर्देशन गर्ने प्राध्यापकज्यूहरु संगको विशेष छलफल कार्यक्रममा क्याम्पस प्रमुख तथा RMC को अध्यक्ष प्रा.डा. वसन्त कुमार कर्ण, सहायक क्याम्पस प्रमुख डा. दिलिप लाल कर्ण, श्रीमती विनिता ठाकुर, विरेन्द्र यादवज्यू तथा क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा. राम सेवक ठाकुर, वि.वि.ए. निर्देशक श्री राजेश साह, सह निर्देशक डा. जग्गनाथ चाैधरी तथा RMC (Research Management Cell) का स्दयस्यहरू श्री धिरेन्द्र कुमार यादव, श्री पवन कुमार मिश्रा, श्री शिवेन्द्र लाभ कर्ण, श्री अनुप अधिकारी लगायत जम्मा ३५ जना प्राध्यापक ज्यूहरूकाे उपस्थितिमा क्याम्पसकाे स्नातकाेत्तर तहकाे थेसिस र अनुसन्धान प्रक्रियामा गुणस्तर आश्वासनमा Research Management Cell (RMC) को भूमिका र प्रगतिको बारेमा छलफल गरियो। त्यस्तै RMC बाट रा..रा.ब. क्याम्पस, जनकपुरले अनुसन्धान जर्नल प्रकाशित गर्ने भएकाेले जर्नल लेखहरू तयार गर्न प्राध्यापक ज्यूहरूलाइ क्याम्पस प्रशासनका तर्फबाट अनुराेध गरेकाे थियाे । कार्यत्रमा RMC का तर्फबाट अध्यक्षदय प्रा.डा वसन्त कुमार कर्ण सरले अनुसन्धानकाे कर्ममा सृजनाहुने प्रश्नहरू र अनुरोधहरूलाई सम्बोधन RMC ले सम्बाेधन गर्ने जानकारी गराउनुकाे साथै विभन्न संकायको माग तथा अनुसन्धान क्षमता निर्माणका लागि प्रशिक्षण कार्यशाला र अनुसन्धान व्यवस्थापन सेलले चाडै कार्यतालिका प्रकाशन गरी काम गर्ने जानकारी गराउनु भयाे ।

उक्त कार्यत्रमा सहभागी भएका प्राध्यापकज्यूहरूकाे दृश्य