नयाँ भवनकाे उदघाटन सम्माराेह

नयाँ भवनकाे उदघाटन सम्माराेह

2023-12-10

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालज्यूको कर कमलबाट नयाँ गेट नजिक निर्माण भएको प्रशासनिक भवनको उद्घाटन शु–सम्पन्न भएको छ । क्याम्पस प्रमुख श्री प्रदीप कुमारको अध्यक्षतामा विशेष अतिथीका रुपमा त्रि.वि. का रजिष्ट्रार प्रा.डा. पेशल दाहालज्यूको उपस्थिती रहेको थियो । क्याम्पस प्रमुखका अनुसार त्रि.वि. केन्द्रिय कार्यालयबाट सो भवन निर्माणका लागि हालसम्म तिन चरणमा क्याम्पसले जम्मा ०३ करोड बजेट प्राप्त गरेको वहाले बताउनु भयो । जसमध्ये पहिलो तल्लो तल्ला पुरा भई हाल दोश्रो तल्ला निर्माणको क्रममा रहेकोछ । भवन उदघाटन समारोहमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुको निकै उपस्थिती रहेको थियो । त्यसतै उद्घाटन पश्चात पुरानो भवनबाट दिदै आएको शैक्षिक प्रशासन शाखा अन्तर्गतका सेवाहरु नयाँ भवनबाट क्रमस दिदै जाने वहाँले जानकारी गराउनुभयो ।